२०८२ चैत्र ६, शुक्रबार १८:३७

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सर्कुलर जारी गरेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले आज पार्टी मातहतको कमिटीलाई सर्कुलर पठाएको नेता पूर्ण बस्नेतले बताए।

अध्यक्ष यादवले वडा, पालिका, निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति, राष्ट्रिय समिति र प्रदेश समितिहरूले आ-आफ्नो क्षेत्र र तहको निर्वाचनसम्बन्धी समीक्षा बैठक राखी छलफल र चुनावी विश्लेषण तथा समीक्षा गरी लिखित प्रतिवेदन पठाउन पार्टी मातहत समितिलाई सर्कुलर जारी गरेको उनले बताए।

चुनावी प्रतिवेदन पार्टी समिति र पार्टीका उम्मेदवारहरूले समेत आफ्नो छुट्टै समीक्षा प्रतिवेदन वा चुनावी रिपोर्ट पठाउन सक्ने बस्नेतले बताए ।

चैत्र २० गतेभित्र चुनावी प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने गरी निर्देशन जारी गरिएको बताइएको छ । यो चुनावमा जसपा नेपालले एक सीट पनि जित्न नसक्नेगरी हार व्यहोर्‍यो।

Comment


Related News

Latest News

Trending News