२०८२ चैत्र ७, शनिबार १४:३८

एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको दुबै खेल वर्षाको कारण रद्द भएको छ।

शनिबार प्रतियोगिताको उद्घाटन खेल मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुने तालिका थियो भने दोस्रो खेल वीरगञ्जमा हुने तय थियो। जनकपुरधाममा खेल सुरु नहुँदै मधेस प्रदेश र कोशी प्रदेशबीचको खेल रद्द भएको छ भने वीरगञ्जमा कर्णाली र लुम्बिनी प्रदेशबीचको खेल सुरु भएपनि वर्षा सुरु भएपछि खेल रद्द भएको आयोजकले जनाएको छ। दुबै खेल रद्द भएपछि चारवटै टिमलाई एक एक अंक पाएको छ।

Comment

Related News

Latest News

Trending News