२०८२ चैत्र ८, आईतवार १२:४१
सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घटेको छ ।
कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुन १२ हजार ५०० ले घटेर तोलाको २ लाख ८२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रवार पनि ७ हजार ८०० ले घटेर सुन तोलाको २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । गएको बुधवार सुनको भाउ तोलाको ३ लाख ७ हजार ७०० रुपैयाँ रहेको थियो । त्यसयता सुनकाे भाउ लगातार घटेको हो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।
अस्ति शुक्रवार तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको चाँदीकाे भाउ आज ३५५ रुपैयाँले घटेको हो । आज चाँदीको भाउ तोलाको ४ हजार ५४० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।



