२०८२ चैत्र १०, मंगलवार ०६:४४

मधेश प्रदेश सभाको बैठक यही चैत १५ गते अर्थात आइतबार बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षतामा प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकबाट प्रदेश सभाको छैटौँ अधिवेशनको १४ औँ बैठक आउँदो आइतबार बस्ने निर्णय गरेको छ ।

प्रदेश सभाको बैठकमा पेश गर्ने विभिन्न विषयहरूमा सर्वदलीय बैठकमा छलफल भएको छ । मधेश प्रदेश सभाको बैठकमा प्रदेश सभा सचिवालयमा दर्ता भएका मधेश प्रदेश सभा कार्यसञ्चालन नियमावली २०८२ को मस्यौदा समितिको प्रतिवेदन छलफलका लागि पेश गर्ने निर्णय भएको जनाइएको छ ।

त्यस्तै विषयगत समितिको वार्षिक प्रतिवेदन, प्रदेश लोक सेवा आयोगको छैटौँ वार्षिक प्रतिवेदन र गाउँसभा, नगरसभा, जिल्ला सभा कार्यसञ्चालन कार्यविधि ऐन २०७७ संशोधन गर्ने विषयमा छलफल गर्ने निर्णय सर्वदलीय बैठकले गरेको मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News