२०८२ चैत्र १०, मंगलवार ०७:११

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख महावीर पुन कृषि औजार कारखाना पुनः सञ्चालनको सम्भावना अध्ययनमा जुटेका छन् । लामो समयदेखि बन्द अवस्थामा रहेको सो कारखानालाई पुनः सञ्चालन र आधुनिकीकरण गर्ने सम्भावनाबारे अध्ययन गर्न सांसद पुन कारखाना पुगेका छन् ।

कारखाना परिसरको निरीक्षण गर्दै पुनले त्यहाँ रहेका मेसिन, भौतिक पूर्वाधार तथा जनशक्तिको अवस्थाबारे जानकारी लिएका थिए । यसका साथै उनले स्थानीय सरोकारवालासँग छलफल गर्दै स्वदेशमै कृषि औजार उत्पादन बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले जनाए अनुसार नेपालमा प्रयोग हुने अधिकांश कृषि उपकरण आयातमा निर्भर भएकाले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नु अत्यावश्यक रहेको छ ।

कुनै समय देशकै प्रमुख कृषि औजार उत्पादन केन्द्रका रूपमा परिचित उक्त कारखाना पछिल्ला वर्षहरूमा निष्क्रिय बनेको छ। तर पुनको सक्रियतासंगै यसको पुनर्जीवनको आशा पुनः जागेको स्थानीयहरूले बताएका छन् । स्थानीय उद्योगी, कृषक तथा अन्य सरोकारवालाले कारखाना पुनः सञ्चालनमा आए कृषि क्षेत्रमा लागत घट्ने र रोजगारीका अवसर बढ्ने विश्वास व्यक्त गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका सांसद पुनले सरकार, निजी क्षेत्र र प्राविधिक समूहबीच सहकार्य भए कारखानालाई आधुनिक बनाउँदै सञ्चालनमा ल्याउन सकिने बताए ।

Comment


Related News

Latest News

Trending News