२०८२ चैत्र १०, मंगलवार १६:५५

संघीय सरकारबाट समपूरक विशेष अनुदान लिन करिब ३५ सय आयोजनाका प्रस्ताव परेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ काल लागि अनुदान लिन प्रदेश र स्थानीय तहबाट उक्त संख्यामा आवेदन परेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

आयोगका अनुसार स्थानीय तहबाट ३३ सय ५८ र प्रदेशबाट १४० आयोजना तथा कार्यक्रमका प्रस्ताव परेको हो ।

अनुदानका लागि प्रदेश र स्थानीय तहलाई आयोगले  माघ मसान्तसम्मको समय दिएको थियो ।

आयोगका प्राप्त परियोजनाहरूको लागत अनुमान भइरहेको सहायक प्रवक्ता दिवाकर लुइँटेलले बताए ।

अनुदानका लागि  २८ सय २० नयाँ र ६ सय ७८ क्रमागत योजनाका प्रस्ताव आएको आयोगले जनाएको छ ।

योजना आयोगले विशेष र समपूरक अनुदानका लागि कार्यविधि बनाएको थियो । अन्य स्रोतबाट कार्यान्वयन हुने आयोजना वा कार्यक्रम नदोहोरिने गरी प्रस्ताव पेस गर्न प्रदेश र स्थानीय तहलाई भनिएको थियो ।

प्रदेशको हकमा सम्बन्धित प्रदेश नीति तथा योजना आयोगले तयार पारेको प्राथमिकीकरणसहित प्रदेश सरकारको सिफारिस अनिवार्य गरिएको थियो ।

स्थानीय तहको हकमा कार्यपालिकाबाट सिफारिस पनि अनिवार्य गरिएको छ । समपूरक र विशेष अनुदानका लागि आयोगको विद्युतीय सूचना व्यवस्थापन प्रणालीमार्फत प्राप्त प्रस्तावलाई मात्र हेरिने आयोगले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News