२०८२ चैत्र ११, बुधबार १५:११

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम जनताको सरकार चलाउने बताउनुभएको छ ।

बुधबार पार्टीको बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कायक्रममा अध्यक्ष घिसिङले हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उज्यालो नेपाललाई सडकमा बसेर आम जनताको सरकार चलाउने म्याण्डेड प्राप्त भएको बताउनुभएको हो ।

अव सडकको सरकार उज्यालो नेपालको हुने भन्दै उहाले सडकबाट देशलाई समृद्धि तर्फ लैजान सशक्त भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । उहाले नयाँ सरकारको राम्रा कामको समर्थन र नराम्रा कामको खवरदारी गर्दै अघि बढ्ने धारणा राख्नुभयो ।

अध्यक्ष घिसिङले प्रतिनिधिसभा निर्वाचनमा देशैभरिबाट उम्मेदवारी दिएर पनि जित्न नसक्दा पनि हारेर पनि जितेको महसुस गरेको बताउनुभयो ।

देशमा स्थायित्वको लागि भएको निर्वाचनमा जनताले एउटा दललाई करिब दुई तिहाईको मत दिनु महत्वपूर्ण बिषय भएको उहाको भनाइ छ ।

उहाले गाँउ टोलसम्म संगठन विस्तारमा ध्यान केन्द्रीत गर्ने जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News