प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले १३ गते शपथ लिने भएका छन् । बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने तय भएकाे हाे ।
चैत १२ गते प्रतिनिधिसभा सदस्यले शपथ लिएपछि साहले भोलिपल्ट प्रधानमन्त्रीको शपथ लिन लागेकाे हाे । शपथ ग्रहणपछि बालेन पदभार ग्रहणका लागि दिउँसाे सवा २ बजे सिंहदरबार जाने कार्यक्रम छ ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँगको छलफलपछि १२ चैत दिउँसो २ बजे नवनिर्वाचित सांसदको शपथ ग्रहण तय गरिएको हो ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘इपिसेन्टर’ बनेको झापा क्षेत्र नम्बर-५ बाट बालेन ठूलो मतान्तरसहित विजयी भएका थिए ।
बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका हुन् । निर्वाचन आयोगका अनुसार शाहले ६८ हजार ३४८ मत ल्याउँदा ओली १८ हजार ७३४ मै सीमित भए ।



