२०८२ चैत्र १२, बिहीबार ०७:२२

मध्यपूर्व द्वन्द्व अन्तर्गत …स्ट्रेट अफ हर्मुजÚ मा आयातका लागि लामो समय देखि जहाज रोकिएपछि मलखादमा समेत अवरोध उत्पन्न भएको छ ।

संसारको २५ प्रतिशत व्यापारिक तेल हर्मुजको गल्छीको बाटो हुँदै बाहिरिन्छ । हर्मुजको गल्छीबाट केवल तेल, मलखादसहितका सामग्रीहरु आयात हुने गर्दछ । जसको सम्बन्ध संसारको खाद्य आपूर्ति प्रणालीको आधा हिस्सासंग रहेको छ । इरानले आफ्नो मुलुकमा अमेरिका– इजरायलले आक्रमण गरेको बदलामा अहिले हर्मुजको गल्छीमा अवरोध सिर्जना गरेपछि मलको आपूर्ति पनि रोकिएको छ । अहिलेको चार हप्ता पृथ्वीको उत्तरी गोलाद्र्धका किसानहरूले आफ्नो अन्न बालीमा ‘नाइट्रोजन’ हाल्ने समय रहेको छ । संसारभर बिक्री वितरण हुने मलमा खाडी क्षेत्रबाट मात्रै ४९ प्रतिशत युरिया र ३० प्रतिशत एमोनिया आयात हुन्छ ।

सो मल प्रयोग गरेर किसानहरू खेतीको नाइट्रोजन चक्र सशक्त बनाएर उच्च उत्पादन सम्भव बनाउँछन् । आपूर्ति चक्र रोकिनासाथ संसारभर माटोको रसायन तथा खेतीको निर्णयमा असर पर्छ । आउने सिजनमा मकैको खेती घटाउने अनुमान हुन थालिसकेको छ । किसानहरू मकैको साटो भटमास उत्पादन बढाउन खोज्दैछन् । भटमासलाई थप नाइट्रोजनको आवश्यकता पर्दैन । यसरी बाली लगाउने निर्णयमा हुने परिवर्तनले बीउ माटोमा पुग्नु अगावै केही बालीको उत्पादन घट्ने देखिन्छ ।

अमेरिका–इजरायल र इरान युद्ध, रुस– युक्रेन युद्ध पनि जारी छ । इरानमा आक्रमण शुरु हुनु अघि नै विश्वको खाद्य प्रणाली दबाबमा थियो । अहिले पनि युक्रेन र रुसले विश्वमै गहुँको व्यापारमा एक चौथाइ हिस्सा ओगट्दै आएको छ । मध्यपूर्व तथा पूर्वी अफ्रिकाका ४० करोड मानिस गत ३ वर्ष देखि नै आपूर्तिमा देखिएको समस्या झेलिरहेका छन् । अहिले हर्मुज बन्द हुँदा यस अघि सामान्य रुपमा चलिरहेको प्रणाली रोकिएको छ । अबको ३ देखि ४ हप्तामा अमेरिका, युरोप तथा मध्यपूर्वका विभिन्न भागमा लगाइएको हिउँदे गहुँका लागि नाइट्रोजन हाल्नुपर्ने समय हुन्छ । खाद सुरक्षाको पात्रो भने महिनाको हिसाबले चल्छ । आयातमा निर्भर धेरै मुलुकले सानोतिनो अवरोधबाट जोगिनका लागि अन्न भन्डारण गरे पनि अन्नको भन्डारले पूरै सिजनभरको अवरोध थेग्न सक्दैन ।

‘हर्न अफ अफ्रिका’का मुलुकहरू अहिले नै भोकमरीको अवस्थामा पुग्न थालेका छन् । युद्ध र अवरोध बढ्दै जाँदा यो समस्या अझै थपिँदै गएको छ । भूराजनीतिको पात्रो भने वर्षको आधारमा चल्छ । खाद्यान्नको मूल्यमा ३० देखि ४० प्रतिशत वा त्योभन्दा बढीको मूल्यवृद्धिको सम्बन्ध कमजोर राज्यहरूमा ६ देखि १८ महिनाभित्र राजनीतिक अस्थिरतामा जोडिएको छ ।

यस्तो बेला अमेरिकी प्रशासनले के गर्ने हो भन्ने प्रश्न तेर्सिएको छ । ट्रम्प प्रशासनले जसरी भए पनि हर्मुजबाट आवतजावतको सुनिश्चितता हुने गरी युद्धविराम नगरिए खाद्यान्न समस्या उत्पन्न हुने अनुमान गरिएको छ । मल र खाद्यान्न बोकेका जहाजहरू वारपार गर्न मिल्ने कुरा पूर्वशर्त नै बनाइनुपर्ने देखिन्छ ।

अमेरिकाको अन्तर्राष्ट्रिय विकास वित्त निगमले छुट्याएको २० अर्ब डलरले जहाज आवतजावतमा देखा पर्ने युद्धको असर सम्बोधन गर्छ, तर त्यसले जताततै धराप थापिएको हुनसक्ने जलमार्गबाट गुज्रनुपर्ने जहाजहरूले झेल्नुपर्ने पर्यावरणीय तथा प्रदूषणजन्य दायित्व भने सम्बोधन गर्दैन । खाडी क्षेत्रको पर्यावरणीय जोखिमलाई समेट्ने खालको ‘टेरोरिजम रिस्क इन्स्युरेन्स’ बेगर बीमा क्षेत्र पनि अप्ठ्यारोमा पर्छ । अब बजार खुल्नु अघि नै यो समस्या समाधान हुन आवश्यक छ ।

अमेरिकी संसदले यही बेला रणनीतिक मल भन्डारहरूको अनुमति दिनेबारे सोच्नुपर्छ । युरिया र एमोनिया ‘क्रिटिकल मिनिरल’को संघीय सूचीमा छैनन् । तिनीहरूका लागि कुनै रणनीतिक भन्डारण छैन । कुनै आपतकालीन प्राधिकारले पनि त्यसलाई समेटेको छैन । अब संसदले त्यसको पनि समाधान गर्नुपर्छ ।

विश्व खाद्य कार्यक्रमले दिने आपत्तकलीन सहयोग परिचालनमा पनि ढिलाइ नगर्न सुझाएको छ । खाद्य तथा मल आपूर्ति अवरोधलाई झेल्न नसक्ने मुलुकहरूमा मूल्यवृद्धिको असर पुग्नु अगावै विश्व खाद्य कार्यक्रमको सहयोग पु¥यानका लागि गम्भीरता छ । अहिले त्यस्ता कार्यक्रमहरू लागु गराउन आवश्यक पर्ने पूर्वाधारहरू भत्किएर भद्रगोल भएको अवस्था छ । ९० दिनको समयमा अमेरिकी सहायता नियोग तथा त्यसका साझेदार गैरसरकारी संस्थाहरू पुनः संगठित गर्न पनि सम्भव छैन ।

अहिले विश्व खाद्य कार्यक्रम, द्विपक्षीय सम्झौता तथा निजी क्षेत्रका बन्दोबस्तीका सामानमात्रै विकल्पको रूपमा छन् । तिनीहरूले अहिले काम नथाल्दा आगामी दिनमा कस्तो असर पर्छ भन्ने थाहा पाउनुपर्छ । त्यसो हुँदामात्रै उनीहरू परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल आफ्नो काम शुरु गरिसक्नु आवश्यक छ । अझै दुई सातासम्म यदि स्ट्रेट अफ हर्मुजबाट मल आयात हुन सकेन भने विश्व मलखादको गम्भीर संकटबाट गुज्रिनु पर्ने आँकलन गर्न थालिएको छ । यसका लागि कूटनीतिस्तरबाट मात्रै नभइ कृषिको पात्रोको आधारमा पनि काम गर्ने बेला आइसकेको फाइनासियल टाइम्समा क्रिस क्रेब्सले लेखेका छन् ।

Comment


Related News

Latest News

Trending News