२०८२ चैत्र १२, बिहीबार ०८:०४

धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । ढल्केबरबाट पूर्वतर्फ जाँदै गरेको म.प्र. ०२–००८ प १९८९ नम्बरको पल्सर मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेश प्रदेश ०२–००१ च १६७८ नम्बरको महेन्द्रा पिकअपले पछाडिबाट ठक्कर दिंदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार सो दुर्घटनामा धनुषाधाम नगरपालिका–६ का ५५ वर्षीय समीम खानको मृत्यु भएको छ । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसैगरी मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका ४ निवासी सत्यनारायण सिंहका ५० वर्षीय छोरा विनोद सिंह घाइते भएका छन् ।

घाइते सिंहको जनकपुरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेशबहादुर बमले जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News