जनकपुरधाममा विगत १७ वर्षदेखि सञ्चालनमा रहेको जय माता दी मोबाइल हबले नयाँ शाखा विस्तार गरेको छ । बढ्दो मोबाइलको मागलाई मध्यनजर गर्दै करिब ५५० स्क्वायर फिट क्षेत्रफलमा नयाँ पसल सञ्चालनमा ल्याइएको संचालक विकास कुमार गोयलले जानकारी दिए ।
उनका अनुसार नयाँ पसलमा विभिन्न ब्राण्डका मोबाइल फोनहरू उपलब्ध हुनेछन् । यसअघि दुईवटा पसल सञ्चालनमा रहेकामा अब थप शाखा विस्तारसँगै ग्राहकलाई अझ सहज सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
जय माता दी मोबाइल हबमा शून्य ब्याजदरमा किस्ताबन्दी सुविधासहित मोबाइल खरिद गर्न सकिने व्यवस्था गरिएको गोयलले बताए । पसलमा मोबाइल ग्याजेट्स, एयरबड, स्मार्ट ग्याजेट्स तथा एआई प्रविधियुक्त उपकरणहरू समेत उपलब्ध हुनेछन् । साथै, मोबाइल रिपेयरिङ सेवा पनि प्रदान गरिने उनले जानकारी दिए ।
नयाँ शाखा सञ्चालनसँगै जनकपुरधामका ग्राहकहरूले एकै स्थानबाट आधुनिक प्रविधिसहितका विभिन्न सेवा पाउने अपेक्षा गरिएको छ ।



