२०८२ चैत्र १२, बिहीबार १६:२०
मध्यपूर्व युद्धका कारण एसियन कपकाे ‘ड्र’ स्थगित भएको छ । आउँदो वर्ष साउदी अरेबियामा हुने प्रतियोगिताको ‘ड्र’ स्थगित गरेको एशियाली फुटबल महासङ्घ (एएफसी) ले जनाएको छ ।
एसियन कपको ‘ड्र’ आउँदो अप्रिल ११ मा साउदी अरेबियाको रियादमा हुने तय भएको थियो ।
झन्डै एक महिनाअघि अमेरिका र इजरायलले इरानमा आक्रमण शुरू गरेपछि मध्यपूर्व क्षेत्रमा चलिरहेको द्वन्द्वका कारण यस क्षेत्रका धेरै खेलकुद कार्यक्रमहरू स्थगित वा रद्द भएका छन् ।
यसैबीच एशियाली च्याम्पियन्स लिग एलिटमा अन्तिम चरणका खेलहरू भने जेद्दामा योजनाअनुसार हुने एएफसीले जनाएको छ । खेलहरू आउँदो अप्रिल १३ देखि २६ सम्म चल्नेछन् ।


