२०८२ चैत्र १३, शुक्रबार ०८:१७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा बालेन्द्र साह -बालेन) चयन भएसंगै उनी देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) बन्ने संवैधानिक दौडमा अगाडि देखिएका छन् । नेपालको संविधानको धारा ७६ -१) को व्यवस्था अनुसार बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुने बालेनको बाटो खुलेको छ ।

यस अघि संसदीय दलको बैठकबाट बालेनलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको थियो । सो बैठकमा रास्वपा सभापति रवि लामिछानेले संसदीय दलको नेता चयनका लागि प्रस्ताव गरेपछि सर्वसम्मत रुपमै उनी चयन भएका थिए । बालेनले प्रधानमन्त्रीको शपथ ग्रहण शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा लिने छन् ।

यससंगै उनको नेतृत्वको सरकार गठन हुने छ । त्यसपछि हुने पहिलो क्याबिनेटबाट सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक निर्णयको तयारी थालिएको स्रोतको दाबी छ । शुक्रबार प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका बालेनले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही ऐतिहासिक निर्णय गर्ने तयारी गरेका छन् ।

मन्त्रिपरिषद्को पहिलो बैठकबाट गर्ने निर्णय सम्बन्धमा मुख्यसचिव सुमनराज अर्याल र बालेनको टीमका सदस्यहरूबीच बिहीबार छलफल भएको छ । जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका निर्णयहरू मन्त्रिपरिषद्को पहिलो बैठकबाट गर्ने आन्तरिक तयारी रहेको बुझिएको छ । प्रधानमन्त्रीको शपथ लिए लगत्तै बालेनले शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने एवं सम्भव भए शुक्रबार नै मन्त्रिपरिषद् को बैठक डाकेर सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही महत्वपूर्ण निर्णय गर्ने तयारी रहेको स्रोतले दाबी गरेको छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी र खानेपानीलगायत जनतासंग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको छ । सर्वसाधारणको प्रत्यक्ष सम्पर्क रहने सरकारी अस्पताल, यातायात कार्यालय, पासपोर्ट र राष्ट्रिय परिचपयत्र लिने काम झञ्झटमुक्त बनाउने लगायत कार्यक्रम घोषणा हुने आँकलन गरिएको छ ।

भदौ २३ र २४ को जेन– जी आन्दोलनपछि गठन भएको सार्वजनिक प्रशासन रूपान्तरण अभियान २०८२ ले अगाडि सारेका सुधारको खाकालाई समेट्ने गरी ऐतिहासिक घोषणा हुने जनाइएको छ । त्यस्तै प्रशासनिक सुधारको प्रारम्भ मन्त्रालयको संख्या घटाउने, काम नभएका सरकारी कार्यालय खारेजी गरी गाभ्ने जस्ता क ा म ब ा ट शुरू हुने स ्र ा े त ल े दाबी गरेको छ ।

कर्मचारीतन्त्रको राजनीतिकरणमार्फत भ्रष्टाचार र कुशासन बढाएको भन्दै दलीय टे«ड युनियन खारेजी पनि सुधारको सूचीमा समावेश भएको स्रोतले बताए । दलीय टे«ड युनियन खारेज गरेर जेन– जी आन्दोलनपछि उदाएको सार्वजनिक प्रशासन रूपान्तरण अभियानलाई नै कर्मचारीको टे«ड युनियन बनाउन लागिएको चर्चा कर्मचारीमाझ चलेको छ ।

अ िभ य ा न क ा संयोजक गणेश घिमिरेले कर्मचारी प्रशासन जनमुखी हुनुपर्छ र नागरिकले समयमै नतिजा पाउनुपर्छ भन्ने आफूहरूको एजेन्डा रहेको जानकारी दिए । सार्वजनिक प्रशासन रूपान्तर अभियानलाई नै ट्रेड युनियन बनाउने भन्ने गलत अफवाहबारे समयले जवाफ दिने घिमिरेले बताए । कर्मचारीको युनियन नभए पनि अभियानको तर्फबाट नयाँ बन्ने सरकारलाई पूर्ण सहयोग रहने उनले बताए ।

बालेन नेतृत्वको मन्त्रिपरिषद्ले मितव्ययिता कायम गर्नका लागि मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ । यता बालेनले शुक्रबार प्रधानमन्त्रीको शपथ ग्रहण गरेसंगै मन्त्रीको पनि शपथ ग्रहण गराउने योजना रहेको छ । तर क–कसलाई मन्त्री बनाउने विषयमा रास्वपा अध्यक्ष रवि लामिछाने र पार्टी वरिष्ठ नेता बालेनबीच गोप्य रुपमा मन्त्रीको नामवली मध्यरातसम्म तयारी भएको बुझिएको छ ।

मन्त्रीहरुको नाम शुक्रबार नै सार्वजनिक गरिने उनीहरुबीच सहमति भएको स्रोतको दाबी छ । रास्वपाले सभामुखलगायत संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्व र पदाधिकारीहरुलाई दिने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकबाट सभामुख, उपसभामुख, मन्त्रीहरु, पार्टीको प्रमुख सचेतक, सचेतकलगायत छनोटका लागि सर्वसम्मतिले उक्त निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य निशा डाँगीले जानकारी दिइन् ।

Comment


Related News

Latest News

Trending News