नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले साधारण सदस्यता वितरण गर्न देशभर रहेका आफ्नो मातहतका शाखालाई निर्देशन छ । तर सो निर्देशनसहितको परिपत्रलाई बेवास्ता गर्दै नेपाल रेडक्रस सोसाइटी धनुषाले सदस्यता वितरणको आदेशको समेत उल्लंघन गरेको भन्दै सोसाइटीको केन्द्रीय कार्यालयलाई जिल्ला प्रशासन कार्यालय धनुषामार्फत ज्ञापनपत्र बुझाउँदै शाखा विघटनको माग गरेको छ ।
केन्द्रीय कार्यालयको आदेशको उल्लंघन गरी पटकपटक सदस्यताका लागि भेदभाव गरेको हुनाले अविलम्ब विघटन गर्न रामसिंह यादव, धीरेन्द्र मोहन झा, रामचन्द्र शाह, मोहन उपाध्याय र रामबाबु शाहले सो ज्ञापन पत्र बुझाएका छन् । सोसाइटी धनुषा शाखाले पटक– पटक केन्द्रको आदेश उल्लंघन गरेको, प्रदेश सरकारको प्रतिवेदनबाट आर्थिक घोटाला राजस्व छलेको, सदस्यता शुल्क अनियमितता गरेको र आफ्नो मान्छेलाई शुल्क फारम नभराइ झुठा रेकर्ड बनाउन लागेकोले छानबिन गर्नुपर्ने, उपशाखाहरुलाई सदस्यता सम्बन्धी रेकर्ड नदिएको उपशाखाहरुको रेकर्ड दुरुस्ट नराखेको, हालसम्मको रेकर्ड जाली भए पनि उपलब्ध गराउन नचाहेको, हामीहरु आज जाँदा ४ घन्टासम्म फारम पनि नदिएको लगायतको आरोप यस धनुषा शाखामाथि आरोप लगाउँदै रामसिंह यादवले माग गरेका छन् ।
रेडक्रसको मान्यता विपरीत हुँदा अविलम्ब बर्खास्त गरी तदर्थ कमिटी गठन गरी निष्पक्षता कायम गर्नका लागि धीरेन्द्र मोहन झाले बताए ।


