२०८२ चैत्र १३, शुक्रबार ०८:५१

अदालतको फैसला कार्यान्वयनलाई तीव्र बनाउँदै रौतहट प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई थप सक्रिय बनाएको छ । सोही क्रममा प्रहरीले लामो समयदेखि फरार रहेका ९ जना प्रतिवादीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका इकाइबाट खटिएको टोलीले बिहीबार विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएका ७ जना र चालु मुद्दामा संलग्न २ जनालाई पक्राउ गरेको हो ।

प्रहरी प्रमुख एसपी सिताराम रिजालका अनुसार पक्राउ पर्नेहरूमा मेघु राय यादव ९किर्ते जालसाजी० १ हजार रुपैयाँ जरिवाना, अनुकुल गुप्ता ९चोरी० १ हजार रुपैयाँ जरिवाना, विजय चौधरी ९जुवा० २ हजार रुपैयाँ जरिवाना, कल्पना चौधरी ९नाताकायम० १ हजार २५० रुपैयाँ जरिवाना तथा सुकुन्ती देवी ९गाली बेइज्जती० २५ रुपैयाँ जरिवाना तोकिएका व्यक्ति रहेका छन् ।

यसैगरी जलसी देवी कुर्मी ९देहानी० लाई ३०० रुपैयाँ जरिवाना र प्रेम यादव ९अपराधिक उपद्रव० लाई २ वर्ष कैद सजाय सुनाइएको थियो ।

चालु मुद्दाअन्तर्गत हदयलाल राय यादव ९ज्यान मार्ने उद्योग० र नरेन्द्र राय यादव ९मिटर ब्याज० मुद्दामा समेत पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न रौतहट जिल्ला अदालतमा बुझाइएको छ ।

पछिल्लो समय प्रहरीले फरार प्रतिवादी खोजी अभियानलाई प्राथमिकतामा राख्दै निरन्तर सक्रियता बढाएको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News