२०८२ चैत्र १३, शुक्रबार ०९:४२

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा प्रतिष्ठानमा आक्रमण १० दिनका लागि स्थगन गरिएको बताएका छन्।

उनले सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘यो निर्णय इरानको अनुरोधमा गरिएको हो र नयाँ समयसीमा अप्रिल ६ का लागि तोकियो।’

ट्रम्पले आक्रमण स्थगन गरेको यो एक हप्ताभित्र दोस्रोपटक हो।

यसअघि उनले एक हप्तासम्म आक्रमण नगर्ने भनेका थिए। जुन मिति आज (शुक्रबार) सकिएको छ।

ट्रम्पका अनुसार अब आगामी अप्रिल ६ राति ८ बजे (अमेरिकी समय) सम्म इरानी ऊर्जा प्लान्टमा आक्रमण गरिने छैन।

उनले दुई देशबिच जारी वार्तालाई निरन्तरता दिन यो निर्णय गरिएको बताएका छन्।

ट्रम्पले अमेरिका र इरानबिच वार्ता धेरै राम्रोसँग अगाडि बढिरहेको दाबी पनि गरेका छन्।

वर्तमान अवस्थालाई ध्यानमा राख्दै यसलाई कूटनीतिक समाधानतर्फको महत्त्वपूर्ण कदम मानिएको छ।

उता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु भने इरान–अमेरिका सम्झौता सम्भावनाले संकटमा परेका छन्।

Comment

Related News

Latest News

Trending News