२०८२ चैत्र १३, शुक्रबार ०९:४६

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी, असिनासहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ।

अहिले बिहान पनि बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा कोसी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा/हिमपात भइरहेको मौसम महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थान, बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ।

यस्तै रातिपनि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

Comment


Related News

Latest News

Trending News