२०८२ चैत्र १३, शुक्रबार १४:०९

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरुले पनि शुक्रबार राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । जस अनुसार प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएको छ । त्यस्तै डा स्वर्णिम वाग्ले अर्थ मन्त्रालय, सुधन गुरुङ गृह मन्त्रालय, शिशिर खनालले परराष्ट्र मन्त्रालय, सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय र विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै खड्कराज पौडेलले पर्यटन मन्त्रालय, सस्मित पोखरेल शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय, निशा मेहता स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालय तथा डा विक्रम तिमिल्सिनालाई सञ्चारको जिम्मेवारी दिइएको छ । त्यसैगरि प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, तथा सोविता गौतमलाई कानून मन्त्रालय, गीता चौधरी कृषि मन्त्रालय र वन मन्त्रालय,

दीपक साहलाई श्रम मन्त्रालय र सीता वादीलाई महिला मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News