नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन निर्देशन दिनुभएको छ ।
शुक्रबार मन्त्रचालयमा पदवहाली गरेपछि मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन निर्देशन दिनुभएको हो । भ्रष्टाचार गरेको पुष्टि भए कसैलाई नछाड्ने उहाको भनाइ छ ।
उहाले आगामी पाँच बर्ष देशको पक्षमा गम्भीर भएर काम गर्ने भन्दै यसमा सवैको सहयोग आवश्यक रहेने बताउनुभयो । उहाले आफू जनतालाई परिणाम दिनेगरी काम गर्न मन्त्रालयको नेतृत्वमा आएको भन्दै एकद्वार प्रणालीबाट शीघ्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभयो । आफु बोलेर भन्दा पनि कामबाट नजिता देखाउने उहाको भनाइ छ ।
मन्त्री गुरुङले सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई नभएको समेत बताउनुभयो । अहिलेको परिवर्तन जेनजी युवाको बलिदानमा सम्भव भएको उल्लेख गर्दै उहाले युवाहरुको मागलाई वर्तमान सरकारले सम्बोधन गर्ने धारणा राख्नुभयो ।


