सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले
जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरु कार्यान्वयन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गर्ने सिफारिस बमोजिम गर्ने उहाले बताउनुभयो । अन्यको हकमा सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको उहाले जानकारी दिनुभयो । त्यस्तै बैठकले सरकारको शासकीय सुधारका १०० कार्यसूची स्वीकृत गर्ने र त्यसलाई शनिबारसम्म प्रकाशन गर्ने निर्णय भएको पोखरेलले बताउनुभयो ।
बैठकले सरकारको प्रवक्तामा शिक्षा मन्त्री पोखरेललाई तोक्ने र जनेजी आन्दोलनका क्रममा सहिद भएकाहरुप्रति श्रद्धान्जली अर्पण गर्ने निर्णय गरेको छ ।


