प्रधानमन्त्री बालेन्द्र साह -बालेन) ले आफ्नो सचिवालय टिम गठन गरेका छन् । काठमाण्डुमा शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएसंगै पद तथा गोपनीयताको शपथ लिएर पदबहाली गरेका साहले सल्लाहकार र सचिवालयको टिम पनि बनाएका छन् ।
जसअनुसार साहले प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गरेका छन् । उनी साहका रणनीतिक सल्लाहकार हुन् । क ा ठ म ा ण् ड ु महानगरपालिकाको मेयरमा चुनाव लडदा बेनले उनलाई साथ दिएका थिए । उनी निरन्तर सल्लाहकार बनेर सघाउँदै आएका छन् । उनमा हरेक रणनीति बनाउन दक्ष रहेको निकटस्थहरू बताउँछन् ।
त्यस्तै राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) संग एकता गराउन भूमिका खेलेका थिए । रास्वपा सभापति रवि लामिछाने र साहलाई असिमले आफ्नै निवासमा भेटवार्ता गराएका थिए । उनकै पहलमा मध्यरातसम्म छलफल गरेर ७ बुँदे एकताको सहमति भएको थियो । सोही सहमतिका आधारमा शाह रास्वपमा प्रवेश गरेका थिए ।
रास्वपा शाहलाई प्रधानमन्त्री प्रस्ताव गरेर फागुन २१ गतेको प्रतिनिधि सभाको चुनावमा होमिएको थियो । असिम अघिल्लो पटक रास्वपाबाट समानुपातिक सांसद थिए । प्रतिनिधि सभाको निर्वाचनमा असिमलाई काठमाण्डु क्षेत्र नम्बर ५ बाट उठाउने तयारी भएको थियो । तर अन्तिम सयममा असिम पछि हटेका थिए । त्यस क्षेत्रमा साहकै टिमका सस्मित पोखरेललाई उम्मेदवार बनाइएको थियो ।
यसैगरी प्रधानमन्त्री शाहको मुख्य स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् । सुदिप ढकाललाई प्रधानमन्त्रीको प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ । सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र नियुक्त भएका छन् । अन्य सल्लाहकार केही दिनमै नियुक्त गर्ने प्रधानमन्त्री साहका राजनीतिक सल्लाहकार असिमले जानकारी दिए ।
त्यस्तै अर्जुन घिमिरे, भूपदेव शाह, मेयर हुँदा सचिवालयमा रहेका सुरेन्द्र बजगाईंलगायत मिडियाको टोली शाहसंगै निरन्तरत छन् । उनीहरूको बारेमा आइतबारसम्म निर्णय हुने बताइएको छ ।
यसैगरी, प्रधानमन्त्री साहको सरकारी टिमतर्फ निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारले पाएका छन् । परियार केही दिनदेखि साहको लागि प्रधानमन्त्री कार्यालय, अतिथि कक्ष, मन्त्रिपरिषद् हलको वास्तु मिलाउन सक्रिय थिए ।
साह काठमाण्डु महानगरको मेयर हुँदा केही समय प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए । त्यस्तै प्रधानमन्त्री साहको व्यक्तिगत सुरक्षा अधिकृत -पीएसओ) मा प्रहरी नायव उपरीक्षक -डीएसपी) दिपेश बस्याललाई खटाइएको छ ।


