२०८२ चैत्र १५, आईतवार ०८:१३

सरकारले मन्त्रालयहरूको संख्या घटाएर १७ वटा बनाउने निर्णय गरेको छ।

कार्य विभाजन नियमावली संशोधन गरी संघीय मन्त्रालयहरूको संख्या १७ मा सीमित गर्ने निर्णय गरेको हो।

सरकारले मन्त्रालय पुनर्संरचना गर्दा हाल कायम रहेका दरबन्दीहरूलाई व्यवस्थित गर्दै सेवा प्रवाहमा कुनै असर नपर्ने गरी व्यवस्थापन गरिने जनाएको छ।

पुनर्संरचना प्रक्रियालाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुनर्संरचना व्यवस्थापन सहजीकरण सम्बन्धी विशेष संयन्त्र गठन गरिने पनि जनाएको छ।

Comment

Related News

Latest News

Trending News