२०८२ चैत्र १५, आईतवार १४:३४

नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीको रिहाईको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन् ।

ओलीको रिहाइको माग गर्दै एमाले जिल्ला कमिटीले ७७ वटै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका हुन् । गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई शनिबार निवासबाटै प्रह्रीले पक्राउ गरेपछि एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो । ललितपुर र काठमाडौंमा नारा जुलुस सहित प्रशासन कार्यालय पुगेर एमालेले ज्ञापन पत्र बुझाएको थियो । सो क्रममा एमालेका नेता कार्यकर्ताले प्रशासन कार्यालय बाहिर धर्ना समेत दिएका थिए ।

Comment


Related News

Latest News

Trending News