२०८२ चैत्र १६, सोमबार १६:३७
सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
लेखकलाई रिहा गर्न माग गर्दै दायर रिटमा आज भएको सुनुवाइपछि अदालतले रिहा गर्न अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको हो ।
हिजो जिल्ला अदालत काठमाण्डाैले लेखकलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।


