२०८२ चैत्र १६, सोमबार १७:४६

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न स्वास्थ्य बीमा बोर्डले निर्देशन दिएको छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहमा भेदभावपूर्ण व्यवहार गरिएको गुनासो आएपछि बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई यस्तो निर्देशन दिएको हो।

निर्देशनमा भनिएको छ, ‘उक्त कार्यहरू स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित कानुन विपरीत रहेका छन्। यस प्रकारका गतिविधिहरू नगर्न/नगराउन तथा प्रचलित ऐन, नियमावली, निर्देशिका र कार्यविधिको पूर्ण रूपमा पालना गर्न/गराउनु हुन निर्देशन गरिन्छ।’

अनुगमनका क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट नियम विपरीत कार्य भएको प्रमाणित भएमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा (१२) को उपदफा (१) खण्ड (ख) बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ।

Comment

Related News

Latest News

Trending News