२०८२ चैत्र १७, मंगलवार ११:२१

मंगलबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ६ हजार ७०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन अर्थात् सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ। सोमबार १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ०५५ रुपैयाँ रहेको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

Comment


Related News

Latest News

Trending News