२०८२ चैत्र १८, बुधबार ०६:४८

मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री मनीष सुमनलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका भातृ संगठन समाजवादी युवा संघका प्रदेश अध्यक्ष कमलेश यादवले चेतावनी दिएका छन् ।

यातायात कार्यालयमा लामो समयदेखि भइरहेको चरम भ्रष्टाचार र दलालतन्त्र अन्त्य गर्न मन्त्री स्वयंले तुरुन्त कदम नचाले, हामी आफै हस्तक्षेप गर्ने चेतावनी दिएका हुन् । यादवले सार्वजनिक रूपमा चेतावनी दिँदै भनेका छन्, ‘तपाईं आफ्नो मन्त्रालय अन्तर्गत भइरहेको बेथिति नियन्त्रण गर्न तत्काल एक्शनमा आउनुहोस्, अन्यथा हामी आफैं हस्तक्षेप गर्न बाध्य हुनेछौं ।’ उनका अनुसार यातायात कार्यालयमा सेवाग्राहीहरू दिनहुँ हैरानी खेप्न बाध्य छन् भने बिचौलियाको सक्रियताले सेवा प्रणाली नै प्रभावित बनेको छ ।

युवा संघले भ्रष्टाचारविरुद्ध कडा आन्दोलनको तयारीसमेत गरिरहेको संकेत दिँदै सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

Comment


Related News

Latest News

Trending News