२०८२ चैत्र २०, शुक्रबार ०७:२२

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम, मधेश प्रदेशले अञ्जनी स्विट होटेल प्रा.लि.-(होटेल) लाई उत्तम स्तरको मान्यता प्रदान गरेको छ ।

होटेलको सबै निकायको निरीक्षण गरी बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनुषाका प्रमुख विमल कुमार दाहालसहितको टोलीले प्रमाण पत्र प्रदान गरेको छ ।

होटेलका म्यानेजर रमेश रोकायालाई टोलीले प्रमाण पत्र प्रदान गर्दै होटेलले प्रदान गर्ने सेवा, सत्कार तथा गुणस्तरलाई अझ बढाउन प्रयास गर्न सुझाव दिए ।

२०८० सालको मंसिर महिनामा भगवान सीताराम विवाह महोत्सवको पावन अवसरमा होटेल सञ्चालनमा आएको हो । मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गरेको अञ्जनी स्विटमा ३४ वटा वातानुकुलित लक्जरियस कोठा, जनकपुरधामको भव्य दृश्यावलोकन गर्न मिल्ने रेष्टुरेन्ट, विवाह, इंगेजमेन्ट, हल्दी, मेँहदी, सेमिनार, वर्थ–डे, एनिभरसरी, प्रशिक्षण, गोष्ठीलगायतका कार्यक्रमहरु गर्न मिल्ने दुईवटा सभा हल लगायतको सुविधा रहेको छ ।

विशिष्ट व्यक्तित्वहरुको लागि विशिष्ट कोठालगायतका सेवासुविधाहरु प्रदान गर्दै आएको अञ्जनी स्विट होटेलमा पारिवारिक वातावरणको रेष्टुरेन्ट रहेको बताउँदै म्यानेजर रोकायाले भने, ‘पाहुनाहरुको रुची अनुसारको सबै परिकार उपलब्ध गराउदै आएका छौँ ।’ होटेलमा आधुनिक प्रविधिसहितको वाइफाइको भरपर्दो निःशुल्क सेवा, लिफ्ट, कोठामा २४ घण्टा सेवा, चेक– आउट र चेक– इन सुविधा २४ घण्टा उपलब्ध रहेको उनले बताए ।

Comment


Related News