२०८२ चैत्र २०, शुक्रबार १२:०२

प्रतिनिधिसभाको सभामुखका लागि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराउनुभएको छ ।

सिंहदरबारमा रहेको सङ्घीय संसद् सचिवालयमा पुगेर महासचिव पदम पाण्डेलाई सभामुख पदको उम्मेदवारीका लागि अर्यालले मनोनयनपत्र बुझाउनुभएको हो । उहाँको प्रस्तावकमा पार्टीका सभापति तथा सांसद रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल हुनुहुन्छ ।

अर्याल गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डौ क्षेत्र नम्बर–९ बाट निर्वाचित हुनुभएको हो । यसअघि उहाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत बन्नुभएको थियो ।

सङ्घीय संसद् सचिवालयकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । आजै साढे २ बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।

Comment


Related News

Latest News

Trending News