२०८२ चैत्र २०, शुक्रबार १६:१८

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले संसदमा लोकतान्त्रिक प्रणालीलाई प्रहार हुने किसिमको व्यवहार नहुने बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले संसदमा प्रतिपक्षीलाई दमन गर्ने, नागरिकको मुद्दाहरुलाई बन्देज गर्ने जस्ता लोकतान्त्रिक प्रणालीलाई प्रहार हुने किसिमको व्यवहार नहुने बताउनुभएको हो । संसदीय मर्यादा, संसदीय नियमावलीका अनुशासनको मापदण्डको पूर्णरुपमा पालना हुने उहाको भनाइ छ । उहाले रास्वपा उपसभापति डीपी अर्याले सभामुख भइसकेपछि पार्टीभन्दा पनि सदनप्रति उत्तरदायि हुने विश्वास व्यक्त गर्नुभयो । सभापति लामिछानेले उपसभापतिका बिषयमा भने अहिले कुनै पार्टीसंग छलफल नभएको जानकारी दिनुभयो । उहाले न्याय पाउने पहिलो हक जेनजी आन्दोलनका शहीद परिवारलाई रहेको भन्दै पछिल्लो घटनाक्रमलाई राजनीतिक प्रतिशोध भन्न नमिल्ने बताउनुभयो । रास्वपा नेतृत्वको सरकारको गतिविधि पब्लिक अडिटमा रहेकाले सवै गतिविधिहरु पारदर्शी हुने उहाको भनाइ छ ।

उहाले रास्वपालाई जनताले दिएको म्याण्डेड अनुसार नीतिगत रुपमा नै बोलेर भन्दा काम गरेर सुधारका अभिभाराहरुलाई पुरा गर्ने धारणा राख्नुभयो ।

Comment


Related News

Latest News

Trending News