२०८२ चैत्र २१, शनिबार ०९:०३

सरकारले वृद्धभत्ता पाउने उमेरबारे भइरहेको टिकाटिप्पणीहरूमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ । यस विषयमा कुनै छलफलसमेत नभएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले गठन गरेको ‘सुशासन मार्गचित्र समिति’ले वृद्धभत्ता पाउने न्यूनतम उमेर ७५ वर्ष पुर्याउन सिफारिस गरेपछि यसबारे टिकाटिप्पणी भइरहेको छ । तर मन्त्रालयले भने यसबारे छलफलसमेत नभएको बताएको हो ।

एकल महिला र कर्णाली क्षेत्रका ज्येष्ठ नागरिकलाई ६५ वर्ष र अरुलाई ७० वर्षमा वृद्धभत्ता दिइँदै आएको छ । आर्थिक वर्ष २०५२/५३ को बजेटमार्फत सरकारले ‘ज्येष्ठ नागरिकलाई वृद्धभत्ता’ कार्यक्रम शुरू गरेको हो ।

त्यतिबेला ज्येष्ठ नागरिकलाई हरेक महिना १०० रुपैयाँ भत्ता उपलब्ध गराउने गरेकोमा त्यसपछि क्रमशः बढ्दै अहिले वृद्धभत्ता मासिक ४ हजार रुपैयाँ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News