२०८२ चैत्र २२, आईतवार ०७:४३

जनता समाजवादी पार्टी (जसपा) नेपालका शिर्षस्थ नेताहरुबीच निर्वाचनमा आएको परिणाम र पार्टी एकीकरण प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको छ ।

शनिवार पार्टीको केन्द्रिय कार्यालयमा पार्टीका संरक्षक महन्थ ठाकुरसहित शीर्ष नेताबिच निर्वाचनमा आएको परिणाम र पार्टी एकीकरण प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको हारको समीक्षा तथा मधेसी दलबिचको एकताका विषयमा छलफल केन्द्रित रहेको थियो ।

छलफलमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रकम चेम्जोङ, पूर्वप्रदेश प्रमुख एवं मन्त्री उमाकान्त झा, पूर्वमुख्यमन्त्रीद्वय लाल बाबु राउत र जितेन्द्र सोनल, कार्यकारिणी सदस्य प्रकाश अधिकारी, डा सुरेन्द्र कुमार झा, खालिद शिद्दिकी, विनोद सिंहलगायतको उपस्थिति रहेको थियो । बैठकमा मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जसपा नेपालले अपेक्षाअनुसारको नतिजा ल्याउन नसक्नुका कारणहरूमाथि गम्भीर समीक्षा गरिएको बुझिएको छ ।

पार्टीको कमजोर प्रदर्शनले भविष्यमा मधेस केन्द्रित दलहरूको भूमिका र एकताबद्ध प्रयासको आवश्यकतामाथि जोड दिएको थियो । छलफलमा सहभागी नेताहरूले मधेसी दलहरूबिचको एकताका विषय उठाएका थिए । आगामी दिनमा मधेसी दलहरूबिच एकताका लागि थप पहल गर्ने विषयमा पनि अनौपचारिक कुराकानी भएको स्रोतले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News