२०८२ चैत्र २२, आईतवार १४:०३

जिल्ला प्रशासन कार्यालय रौतहटले सरकारी सेवा लिने प्रक्रियामा बिचौलियाको हस्तक्षेप बढ्दै गएको भन्दै कडाइ सुरु गरेको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार जारी गरेको सूचनामार्फत सेवाग्राहीलाई सहयोग गर्ने बहानामा अवैध रूपमा रकम असुल गर्ने गतिविधिमाथि निगरानी तीव्र पारिएको जनाएका छन्। साथै, यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कार्यालय परिसरभित्र मात्र नभई वरपरसमेत प्रवेशमा रोक लगाइएको स्पष्ट पारिएको छ।

प्रशासनले सेवाग्राहीलाई भ्रममा पारेर पैसा असुल गर्ने कार्यलाई गम्भीर अपराधको रूपमा लिँदै यस्तो कार्यमा संलग्न भेटिएमा प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

यसैबीच, प्रशासनले सेवाग्राहीलाई कुनै पनि सेवा लिँदा सिधै सम्बन्धित शाखामा सम्पर्क गर्न र बिचौलियाबाट टाढा रहन आग्रह गरेको छ।

Comment

Related News

Latest News

Trending News