२०८२ चैत्र २३, सोमबार ०५:५७

संघीय सरकारको विभेदकारी नीतिको कारण मधेश प्रदेश सरकार आर्थिक संकटमा फसेको मधेश प्रदेश सरकारका अर्थमन्त्री महेश प्रसाद यादवले आरोप लगाएका छन् ।

आइतबार प्रदेश सभाको बसेको बैठकमा अर्थमन्त्री यादवले भने ‘प्रदेश सरकारको बजेट घाटा भइरहेको कारण आर्थिक संकटमा फस्दै गएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारको विभेद नितीको कारण लक्ष्य अनुसारको आय संकलन हुन नसक्दा १७ अर्बभन्दा बढी बजेट घाटा अनुमान गरिएकाले सरकारले बजेट कटौती गरेपनि स्वीकृत योजना चलाउने सक्ने अवस्था उत्पन्न भएको छ ।’

अर्थमन्त्री यादवले जसको मधेश प्रदेश सरकार नियन्त्रण नै गर्न सक्दै कार्यसम्पादनमा वायु प्रदुषण सम्बन्धी बुँदा नम्बर ९ र राष्ट्रिय वन क्षेत्रसम्बन्धी बुँदा नम्बर १० जस्ता कुरा राखेर वर्षैपिच्छे कार्यसम्पादनमा कमजोर देखाई अनुदान रकम कटौती गर्दै आएको आरोप लगाउंदै यस्ता बुँदा तत्काल खारेज गर्न माग गरे । उनले भने मधेश प्रदेश सरकारको मुख्य आयश्रोतको रुपमा बालुवा, ढुँगा र गिट्टी विदेश निकासी रहेको तर त्यसमा स्थानीय तहलाई अधिकार दिएर राजश्वको केही अंशमात्र दिने जस्ता विभेदकारी नीतिको कारण आय संकलन कमजोर रहेकाले बालुवा, ढुँगा र गिट्टीको विदेशमा निकासीको अधिकार दिन माग दोहो¥याए । तर उनले आफ्नै मन्त्रालयमा भैरहेको भ्रष्टाचार ,कमिसनको कारण प्रदेशको आर्थिक अवस्था चर्मराउन थालेको विषयमा मुख खोलेनन् ।

Comment


Related News

Latest News

Trending News