२०८२ चैत्र २३, सोमबार ०८:०१

रौतहटको मौलापुर नगरपालिका–५ स्थित मछली बजार नजिक आइतबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भीषण आगलागी भएको छ। आगलागीका कारण स्थानीय जगदीश साहको फुसले बनेको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात ९धान, गहुँ, चामल० लगायत करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार सिलिन्डर विस्फोट हुँदा ठूलो आवाज आएको थियो, जसले केही समयका लागि मौलापुर बजार क्षेत्र नै त्रासपूर्ण बनेको थियो।

घटनापछि तत्काल इलाका प्रहरी कार्यालय मौलापुरको टोली र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। यस घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

घर जलेपछि पीडित जगदीश साह दम्पती अहिले घरविहीन भएका छन्। उनीहरूको अस्थायी बसोबासको व्यवस्था मिलाइएको बताइएको छ।

प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ भने पीडित परिवारका लागि राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न स्थानीयवासीले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

Comment


Related News

Latest News

Trending News