२०८२ चैत्र २३, सोमबार १६:३५
रौतहटमा भन्सार छली गरी ल्याइएका कपडासहित दुई मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको गस्ती टोलीले आइतबार अपरान्ह करिब ४स्५५ बजे ईशनाथ नगरपालिका–४ क्षेत्रमा छापा मार्ने क्रममा ना ९ प ६६५९ नम्बरको हिरो स्प्लेन्डर र नम्बर नखुलेको अर्को सुपर स्प्लेन्डर मोटरसाइकलमा ल्याइँदै गरेको विभिन्न प्रकारका लत्ताकपडा बरामद गरेको हो।
उक्त कपडाको मूल्य करिब २ लाख ५० हजार २०० रुपैयाँ आँकलन गरिएको छ। बरामद सामग्री र दुवै मोटरसाइकललाई आवश्यक कारबाहीका लागि सोमबार जिल्ला भन्सार कार्यालय, गौरमा बुझाइएको जिल्ला प्रहरीका सहप्रवक्ता ईन्स्पेक्टर जीवन कुमार मैनालीले बताएका छन ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


