२०८२ चैत्र २४, मंगलवार ०६:३४

मधेस प्रदेश सभा अन्तर्गतका अर्थ तथा योजना समितिका सभापति अनिताकुमारी साहले वार्षिक प्रतिवेदन २०८२ पेस गरेकी छन् ।

जनकपुरधाममा प्रदेश सभा भवनमा सोमवार आयोजित कार्यक्रममा समितिका सभापति साहले का सभामुख रामअशिष यादव समक्ष सो प्रतिवेदन प्रस्तुत गरेकी छन् । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा समितिका सदस्यहरूको पनि सहभागिता रहेको थियो । प्रतिवेदनमा प्रदेशको आर्थिक अवस्था, बजेट कार्यान्वयनको प्रगति, योजना व्यवस्थापन तथा आगामी नीति तथा कार्यक्रमसम्बन्धी सुझावहरू समेटिएको छ ।

समितिले आर्थिक पारदर्शिता, विकास योजनाको प्रभावकारी कार्यान्वयन तथा राजस्व व्यवस्थापनमा सुधार आवश्यक रहेको औँल्याएको छ । कार्यक्रममा सभामुख यादवले समितिले पेस गरेको प्रतिवेदनले प्रदेश सरकारलाई नीतिगत निर्णय लिन सहयोग पुग्ने बताए । उनले प्रतिवेदनमा उठाइएका सुझावहरूलाई कार्यान्वयनमा लैजान सम्बन्धित निकायलाई निर्देशन दिने बताए ।

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदनलाई प्रदेशको समग्र आर्थिक विकासका लागि महत्त् वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ ।

Comment


Related News

Latest News

Trending News