२०८२ चैत्र २४, मंगलवार १०:२९
प्रधानमन्त्री बालेन शाहले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहको सचिवालयका अनुसार आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक तय भएको छ।
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरलगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको बताइएको छ।
प्राय: सोमबार र शुक्रबार मन्त्रिपरिषद बैठक बस्छ। अरू दिन बैठक आह्वान भएमा आकस्मिक मन्त्रिपरिषद बैठक भन्ने चलन छ।


