२०८२ चैत्र २४, मंगलवार १०:५७

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा  सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ रुपैयाँले बढेको हो ।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि हिजो सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्य पनि सामान्य बढेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News