२०८२ चैत्र २४, मंगलवार १५:३०

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन गरिएको छ ।

मंगलबार चार वटै समितिहरुले निर्विरोध रुपमा सभापति चयन गरेको हो । सिंहदरबारमा बसेको सम्बन्धित समितिको छुट्टा छुट्टै बैठकमा दलबीच सहमतिका आधारमा सभापति चयन गरिएको हो । जस अनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । उहाको प्रस्तावकमा मदनकुमारी शाह -गरिमा), समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला रहनुभएको थियो ।

त्यस्तै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई निर्वाचित हुनुभएको छ । राईको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा, समर्थकमा दुर्गाकुमारी गुरुङ रहनुभएको थियो ।

त्यसैगरि विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल निर्वाचित हुनुभएको छ, उहाको प्रस्तावकमा नारायणदत्त भट्ट, समर्थकमा जगत तिमिल्सना रहनुभएको थियो ।

त्यस्तै विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया निर्वाचित हुनुभएको छ । उहाको प्रस्तावकमा आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा गीता देवकोटा रहनुभएको थियो । गत फागुन २० गतेदेखि चार समितिका सभापतिको पद रिक्त रहेको थियो ।

Comment


Related News

Latest News

Trending News