२०८२ चैत्र २५, बुधबार ०७:३५

जेन–जी आन्दोलनको जगमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको बालेन्द्र साह नेतृत्वको सरकार गठनसंगै नातामा साढु पर्ने दीपक कुमार साहलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा नियुक्त गरियो । उनी मन्त्रीमा नियुक्त भएको करिब डेढ साता नबित्दै श्रीमतीलाई बीमा बोर्डमा पुनरागमन गराएको तथ्य उजागर भएको छ ।

आइतबार बीमा बोर्ड बैठकको कार्यसूचीमा प्रवेश गर्दै आगामी आर्थिक वर्षका लागि बजेट पारित गर्ने । पदाधिकारी र सदस्य उपस्थित बैठकमा बस्नै बसिरहदाँ नै जुनु श्रेष्ठ पनि सो बैठकमा सहभागी भएकी थिइन् । श्रेष्ठ बोर्डको बैठकमा आएपछि सबै चकित परे । उनलाई ११ महिनाअघि नै बोर्ड सदस्यबाट हटाइएको थियो । उनी बैठकमा सहभागी भएपछि उनलाई कसैले केही भन्न सकेनन् ।

सो बोर्ड बैठकले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने निर्णय गरेको छ । ११ महिना अघि बोर्ड सदस्यबाट हटाइएकी श्रेष्ठ बैठकमा आउँदा पनि कसैले केही भन्न सकेनन् । उनी मन्त्री साहकी पत्नी रहेकै कारण उनलाई कसैले पनि कुनै किसिमको प्रश्न गर्न सकेनन् ।

२०८० मंसिर १४ मा तत्कालीन स्वास्थ्यमन्त्री मोहन बस्नेतले श्रेष्ठलाई बोर्डको सदस्यमा नियुक्ति दिएका थिए । उनी केही दिन बोर्डको बैठकमा पनि उपस्थित भइन् । तर, २०८१ पुस १ गतेदेखि कुनै जानकारी नै नदिइ बोर्डको बैठकमा आउन छोडिन् । उनी विना सूचना नआएपछि बोर्डले २०८१ वैशाख ४ गते स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएर बोर्ड सदस्यबाट हटाउन सिफारिस गरेको थियो ।

तत्कालीन बोर्डका निर्देशक डा. रघुराज काफ्ले पठाएको पत्रमा कुनै जानकारी नदिइ तीन पटक बोर्ड बैठकमा अनुपस्थित भएमा उक्त पद रिक्त हुने व्यवस्था रहेको स्मरण गराउँदै नियम बमोजिम आवश्यक कारबाहीका लागि आग्रह गरिएको थियो । स्वास्थ्य बीमा बोर्डले मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘२०८१ पुस १ गतेदेखि चालु आर्थिक वर्ष२०८१/८२ को चौथो बोर्ड बैठकदेखि हालसम्म ११औँ बोर्ड बैठक बसिसक्दा लगातार अनुपस्थित रहेको देखिएको छ । बोर्डको सदस्यको अनुपस्थितिले यस बोर्डको बैठक र निर्णय प्रक्रिया प्रभावित हुँदै आएको छ ।’ त्यसयता बोर्ड सदस्यको पद पनि खाली रहेको छ । डेढ वर्षयता बोर्डसंग कुनै सम्पर्क समेत नगरेकी श्रेष्ठ चैत २३ को बोर्ड बैठकमा उपस्थित भइन् ।

स्वास्थ्य बिमा कार्यक्रम म शुरु भएको चैत २५ गते १० वर्ष पुगेको छ । वार्षिक उत्सवको तयारी पनि गर्ने र बजेट पारित गर्ने बोर्डको आन्तरीक तयारीमा जुटेको छ । ‘सो बैठकमा उहाँको उपस्थिति थियो,’ बोर्डका अर्का सदस्यले भने । सोमबार बसेको बोर्ड बैठकमा सात जना उपस्थित थिए । उनी बोर्ड बैठकमा उस्थित भएको खबर सार्वजनिक भएसंगै साह सरकारको आलोचनासमेत हुन थालेको छ । त्यसपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिने प्रयास गरेकी छन् ।

स्वास्थ्य बीमामा आफ्नो नियुक्ति २०८० सालमा नै भएको भन्दै पुनः नियुक्तिको विषय आफ्नो जानकारीभन्दा बाहिरको भएको जिकिर गरिन् । नयाँ नियुक्ति भनेर आएका समाचार आए पनि आफूले कुनै आधिकारिक जानकारी नपाएको उनले जिकिर गरिन् । दुई वर्षअघि बोर्ड सदस्यमा नियुक्त भएपछि श्रेष्ठ २०८० सालमा नै पढ्न बेलायत गएकी थिइन् । त्यसपछि उनी लगातार बोर्ड बैठकमा पनि उपस्थित भइनन् । अहिले पति श्रममन्त्री भएसंगै पत्नी श्रेठ फेरि पनि बोर्ड सदस्यका रुपमा हाजिर भएकी छन् ।

बोर्ड सदस्यको पदावधि चार वर्ष हुन्छ । त्यसअनुसार आफ्नो कार्यकाल सकिन दुई वर्ष बाँकी रहेको उनले बताइन् । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार श्रेष्ठ आफनो कार्यकाल बाँकी नै रहेको भन्दै बोर्ड बैठकमा सहभागी भएकी हुन् । स्वास्थ्यमन्त्री निशा मेहताको स्वीकृतिमा चैत २३ गते भएको बोर्ड बैठकमा श्रेष्ठ सहभागी भएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २५ को उपदफा १ ले निरन्तर तीन पटक बैठकमा अनुपस्थित भएमा स्वतः निलम्बन हुने व्यवस्था छ । ‘बोर्डलाई जानकारी नदिइ लगातार तीन पटक बोर्डको बैठकमा अनुपस्थित भएमा अध्यक्ष, सदस्य र कार्यकारी निर्देशकको पद रिक्त मानिनेछ,’ बीमा बोर्डको ऐनमा व्यवस्था गरिएको छ ।

श्रेष्ठ पति श्रममन्त्री साहको पत्नी रहेकै आधारमा ११ महिनाअघि नै गइसकेको पदमा अवैधानिक रुपमा पुनरागमन गरेकी छन् । उक्त खबर सार्वजनिक भएपछि श्रममन्त्री साहलाई सरकारले सार्वजनिक गरेको बरियता क्रमको मर्यादामा एक तह झार्दै १५ औँ मर्यादाक्रममा राखिएको छ । जबकी यस अघि उनलाई १४ औँ मर्यादा क्रममा राखिएको थियो ।

Comment


Related News

Latest News

Trending News