२०८२ चैत्र २५, बुधबार ०७:४७

धनुषाको धनुषाधाम नगरपालिकामा कार्यरत एक कर्मचारीले मेयर बालेश्वर मण्डलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन ।

मेयर मण्डलले आफूलाई गालीगलौज, धम्की तथा कुटपिट गरेको आरोप लगाउंदै ज्यान जोगाउने सहित शान्ति सुरक्षाको माग गर्दै नगरपालिकाको आर्थिक प्रशासन शाखामा कार्यरत सहायक स्तरका कर्मचारी सुरेश कुमार मण्डलले प्रमुख जिल्ला अधिकारीसमक्ष सो उजुरी दिएका हुन् ।

उजुरी अनुसार, कार्यालयको कामकाजकै क्रममा मेयरसँग सामान्य विवाद उत्पन्न भएपछि स्थिति तनावपूर्ण बनेको थियो । सो क्रममा मेयरले आफूलाई कार्यकक्षमा बोलाई गाली गलैजसहितको अभद्र व्यवहार गर्दै कुटपिट गरेकाले उनलाई कानून बमोजिम कारवाहीसहित आफ्नो ज्यानको सुरक्षाको माग गरेका छन् ।

कार्यालयमा रहेको लेखा शाखाको कार्यसम्पादन, बेरुजु तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भइरहेको अनुसन्धानको क्रममा साँचो माग गर्दा मेयरसँग साँचो माग्दा आफूलाई फोनमै धम्की दिदैं कार्यालय बाहिर आएर भेटन धाकधम्की समेत दिएको आरोप लगाएको छ । कर्मचारी मण्डलले नगरप्रमुखले ‘कार्यालयमा आएर भेट’ भन्दै धम्कीपूर्ण शैलीमा बोलाएको, नजाँदा थप दबाब दिएको र काम गरिरहेको समयमा समेत फोनमार्फत मानसिक दबाब सिर्जना गरेको उल्लेख गरेका छन् ।

घटनाबारे सम्बन्धित निकायले आवश्यक छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न तथा आफूलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन निवेदकले माग गरेका छन् साथै, कार्यालयमा सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गरिदिन पनि प्रशासनसँग आग्रह गरिएको छ ।

उक्त उजुरी जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता भएको र सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी गरेको जनाइएको छ। यसका साथै, मेयर मण्डलमाथि जिल्ला प्रहरी कार्यालय धनुषामा समेत उजुरी दर्ता गरिएको छ । जिल्ला प्रहरीले मेयर मण्डललाई भोली बुधबार उपस्थितिको लागि अनुरोध गर्दै भोली नआए मुद्दा दर्ता गर्ने समेत उल्लेखित पत्र धनुषाधाम पठाएको हो ।

सोही घटनमा लेखा समूह धनुषाले समेत मेयर मण्डलमाथि कारवाहीको माग गरेको हो । समूहका धनुषा जिल्ला अध्यक्ष रँजित कुमार यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै मेयरलाई कारवाहीको माग गरेको हो । यस सन्दर्भमा मेयर मण्डलसँग सम्पर्क गर्न खोज्दा उनको दुईटै मोबाईल स्वीच अफ रहेको थियो ।

Comment


Related News

Latest News

Trending News