२०८२ चैत्र २५, बुधबार ११:१२

नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ बढेको छ। मंगलबार तोलामा चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला सात हजार दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला चार हजार आठ सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार २५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय पाँच रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार आठ सय तीन अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comment


Related News