२०८२ चैत्र २६, बिहीबार १९:१२
सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
मेयर यादवलाई आफ्नै कार्यालयमा कार्यरत कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवमाथि कुटपिट र अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
पीडित रामशरणले मेयर यादवलाई प्रतिवादी बनाएर दिएको जाहेरी दर्ता गरी जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्ला अदालतबाट पक्राउ पुर्जी माग गरेको थियो। अभद्र व्यवहारमा मुद्दा दर्ता गराएका यादव भने अहिले सम्पर्कविहीन रहेको प्रहरीले जानकारी दिएको छ।
कुटपिट गरेको घटनामा कारबाहीको माग गर्दै नगरपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
मेयर यादवले चैत २३ गते सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा गालीगलौज गर्दै लात्ती र मुक्का हानेको कार्यालय सहयोगी रामशरणले गुनासो गरेका छन्।


