२०८२ चैत्र २८, शनिबार १४:०३

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी नदेखिएको टिप्पणी गर्नुभएको छ ।

शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जननिर्वाचित संसदले बनाएको प्रधानमन्त्रीले संसदमा केहि नबोलेका कारण प्रश्नहरु उठिरहेको समेत बताउनुभयो । जनताको सार्वभौम सत्ताको प्रयोग जन–जननिर्वाचित संसदमा प्रधानमन्त्री बोल्न आवश्यक नठान्नु स्वैच्छाचारी शासनको संकेत भएको उहाको भनाइ छ ।

त्यस्तै महासचिव पोखरेलले एमाले र एमाले नेतृत्व भ्रष्टाचारमा डुवेको भाष्य निर्माण गर्ने काम भएको बताउनुभयो । पुरानालाई नभइ नयाँलाई मत दिए मुलुकमा सुशासन कायम र बिकासले तीव्रता प्राप्त गर्छ भन्ने मान्यताका साथ पुराना दल र नेतामाथि अनास्था र अविश्वास पैदा गर्ने काम भएको उहाले बताउनुभयो । महासचिव पोखरेलले अहिले सुशासनका नाममा नेतृत्वमा आएकाहरू आफैले गरेका वाचा कबुल अन्तर्गत पारदर्शितालाई आत्मसात गर्न नसकेको आरोप लगाउनुभयो । अन्तरिम सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्तिको विवरण समेत सार्वजनिक नगरेको अवस्थमा नयाँ सरकारका मन्त्रीहरू अहिले पनि सम्पत्ति विवरण बुझाउने कुरामा आलटाल गरिरहेको महासचिव पोखरेलले बताउनुभयो ।

उहाले प्रतिनिधिसभाका सभामुखको सम्पती विवरणप्रति समेत प्रश्न उठाउनुभयो । सभामुखको सम्पती विवरण धेरैलाई पत्याउन गाह््रो भइरहेको उहाको भनाइ छ । उहाले नेपालमा लोकतन्त्रको आधार स्तम्भका रूपमा रहेका र नेपाललाई घोर राजनीतिक द्वन्द्वबाट पृथक् राख्ने नीतिका हिमायतीहरू माथि प्रहार भएको समेत बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News