२०८२ चैत्र २८, शनिबार १५:२९
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा नै गरिसकेको दाबी गरेका छन्।
पार्टी मुख्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘सम्पत्ति छानबिनको कुरा मेरै पालामा निर्णय गरेको हो। मैले धेरै चोटी भनिसकेँ।’
उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको बारे टिप्पणी गर्ने बेला भइनसकेको बताए। उनले भने, ‘हामी हेर्दै छौँ, अहिले नै टिप्पणी गर्ने बेला भएको छैन। सकेसम्म राम्रो गरोस्।’
सरकारले पूर्वप्रधानमन्त्री प्रचण्डसहित शेरबहादुर देउवा, केपी ओलीसहित सबै शीर्ष तहका नेताहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ।


