२०८२ चैत्र २८, शनिबार १८:३६

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले विद्यार्थी संगठनहरूलाई खारेज गर्न नहुने निष्कर्ष निकालेकाे छ। एकहप्ता लामाे बसेकाे पार्टीको केन्द्रीय कार्यसंयोजन समिति बैठकले यस्ताे निष्कर्ष निकालकाे बताइएको छ ।

सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी गरेकाे छ। त्यसप्रति राजनीतिक दलनिकट विद्यार्थी संगठनहरूले आपत्ति जनाउँदै आएका बेला नेकपाले पनि यो विषय बेठिक भएको निष्कर्ष निकालेकाे हाे।
नेकपाकाे केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक ३ वैशाखमा बस्नेछ । उक्त बैठकका बाँकी निष्कर्ष र निर्णयहरू पनि त्यतिबेलै सार्वजनिक हुने भनिएको छ ।

Comment

Related News

Latest News

Trending News