२०८२ चैत्र २९, आईतवार ०७:३२

नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा परेको रिटको अर्को पेशी आगामी बैशाख ३ गतेका लागि तोकिएको छ ।

कायममुकायम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले मुद्दाको पेशी बैशाख ३ गतेका लागि तोकेको हो । देउवा पक्षले निर्वाचन आयोग र गगनकुमार थापासमेतलाई विपक्षी बनाई अदालतमा दायर गरेको रिटलाई सर्वोच्चले अग्राधिकारमा राखेको छ ।

उता, सम्पत्ति शुद्धीकरणको मुद्दामा केन्द्रीय अनुसन्धान ब्यूरो -सीआइबी) बाट पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्काको बन्दी प्रत्यक्षीकरणस म्बन्धी मुद्दा भने शुक्रबार ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । पूर्वमन्त्री खड्काकी पत्नी विनिता थापाले आफ्ना पतिको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा गत चैत १७ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

चैत १८ गते सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो भने चैत २५ गते अन्य आदेश दिएको थियो । यो मुद्दा कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेकोमा ‘हेर्न नमिल्ने’ भएको हो । यो मुद्दाको अर्को पेशी चैत ३० गते तोकिएको छ ।

Comment


Related News

Latest News

Trending News