जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्य गर्न निकै समस्या भएको छ । बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार बने लगतै सुशासनको नारा दिदैं स्थानीय तहहरुमा प्रमुख प्रशाकीय अधिकृतको सरुवा सुरु गरिएको थियो ।
चैत १६ गते नै सरुवा साउनदेखि प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक २४ गते नगरपालिकामै कार्यरत स्थानीय निकायतर्फका अधिकृत -सातौं तहका) रविकिरण आचार्यलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेपछि कर्मचारीबीच द्वन्द्व सिर्जना भएको हो ।
देशक कुनैपनि स्थानीय तह रिक्त नरहेको बालेन सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले दाबी गरिरहेको बेला जनकपुरधाम उपमहानगरपालिका करीब दुई सातादेखि प्रमुख प्रशासकीयविहिन रहेको छ । आर्थिक वर्षको अन्त्यतिर चैतमा आएरमा कर्मचारी सरुवाले काम गर्न समस्या हुने गरेको अवस्थामा प्रमुख प्रशाकीय अधिकृत नहुँदा उपमहानगरको प्रशासकीय र आर्थिक अधिकांक कार्य ठप्प भएको बुझिएको छ ।
कार्यरत प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाललाई १६ गते नै सरुवा गरिएको थियो । उनको ठाउँमा सहसचिव ज्ञानहरि घिमिरेलाई पठाएपनि उनी हाजिर हुन नसकेको छैन । उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्य गर्न निकै समस्या भइरहेको मेयर मनोज साह बताउँछन् ।
उनले भने ‘कार्यरत प्रमुख प्रशासकीय अधिकृत ढकालको सरुवा भएपछि सरुवा भएर आएका ज्ञानहरि घिमिरेजी अहिलेसम्म हाजिर नभएको कारण काम गर्न निकै समस्या भइरहेको छ । सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सम्पर्क गर्दा सम्पर्कमा आइरहेको छैन । आर्थिक वर्ष अन्त्यतिर हुँदा कसरी काम गर्ने यसप्रति संघीय सरकारले सोच्नुपर्ने हो ।’ एक कर्मचारीले मेयरसाबसँग सम्पर्क भएको छैन । तर आफू सम्पर्क गर्दा उनले कर्मचारी श्रोत अनुसारका सरुवा भएर आएका हाकिम घिमिरेलाई फोन गर्दा अहिले न आउने, नयाँ वर्ष वैशाखमा सोच्ने भन्ने गैर जिम्मेवार जवाफ फर्काएका थिए ।
मन्त्री रावलले आफू कार्यभार सम्हाल्दै गर्दा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहिन भएको दाबी गर्दै आएका छ्न । उनी मन्त्री बनेपछि रिक्त रहेका १४२ वटै स्थानीय तहमा प्रमुख प्रशाकीय अधिकृत पठाइएको दाबी गर्दै आएको अवस्था जनकपुरधाम उपमहानगरपालिका नै अहिले प्रमुख प्रशासकीय अधिकृतविहिन छन् ।
नयाँ सरकारमा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै मन्त्री रावलले मन्त्रालयले तोकेको स्थानमा नजाने कर्मचारीविरुद्ध कडा नीति अख्तियार गरेकी थिइन् । सरुवा वा काजमा खटाइएको स्थानमा जान आनाकानी गर्ने कर्मचारीले बाटो खाली गर्न नै उनले चेतावनी दिएकी थिइन् ।
सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्ने दिएको चेतावनी जनकपुरधाम उमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन हुनुले मन्त्री रावलको सस्तो लोकप्रियताका लागि दिएको अभिव्यक्ति मात्र साबित हुन्छ । उपमहानगरपालिकाले मन्त्रालयमा पटक पटक जानकारी गराएपनि कुनै चासो लिइएको छैन ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा जनकपुरधाम उपमहानगरपालिकामा प्रशासनिक निर्णयमा ढिलाइसँगै कार्यालय सञ्चालन, कर्मचारी व्यवस्थापन, फाइल पास गर्ने जस्ता दैनिक कामहरू समस्या भइरहेको सम्बन्धीत कर्मचारीहरु बताउंछन् । यसका साथै वार्षिक बजेट खर्च गर्ने, योजनाहरू अघि बढाउने र भुक्तानी दिने प्रक्रिया समेत प्रभावित भएको छ भने सडक, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता विकास परियोजनाहरूको कार्यान्वयन सुस्त हुन गएको छ ।
विभिन्न सिफारिशहरु, महत्वपूर्ण निर्णय र सम्पन्न विकासे योजनाको अनुगमन मूल्यंकनको काम ठप्प भएको कर्मचारीहरुको भनाई छ । उपमहानगरपालिकाका आर्थिक शाखाका कर्मचारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत समयमै हाजिर भएन भने सम्पूर्ण आर्थिक कारोबार सहित कार्यालय संचालनमा समेत समस्या आउने निश्चित छ ।


