पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले एकीकृत जाँच चौकी वीरगञ्जबाट निस्कने मालबाहक ट्रकहरूबाट उठाइँदै आएको ‘ढाट’ रकम तत्काल रोक्न निर्देशन छन् ।
सांसद पन्तले प्रमुख जिल्ला अधिकारी भोला दहालसँग समन्वय गरी दिनमा बन्द राख्ने र राति पुनः खोल्ने गरिएको पाएकाले तुरुन्तै बन्द गर्न भनेका हुन । मालबाहक ट्रकहरूबाट ‘ढाट’ नामक रकम रोक्न केन्द्रबाट पटक–पटक निर्देशन पनि आएको थियो । उक्त विषय कार्यान्वयन नभएपछि सांसद पन्तले पुनः आपत्ति जनाएका हुन् ।
सांसद पन्तले कानुन विपरीत कुनै पनि शीर्षकमा कर वा शुल्क उठाउन नपाइने स्पष्ट पारे । उनका अनुसार, भन्सार कार्यालयबाट बाहिरीने मालबाहक बाहनबाट ‘ढाट’ को नाममा विभिन्न स्थानमा घुम्ती राखेर उठाइँदै आएको रकमलाई संघीय र स्थानीय तह दुवैबाट कर लगाउने अधिकार छैन ।
व्यवसायीहरूले लामो समयदेखि यस विषयमा गुनासो गर्दै आएका थिए । ढाट रकमका कारण पालिकाहरु प्रमुख बाटो छाडेर अन्य बाटो प्रयोग गर्न थालेको उनको भनाई छ ।



